थप उपचारका लागि राजेन्द्र महतोलाई दिल्ली लगियो




Rajendra-Mahatoकाठमाडौं । मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि दिल्ली लगिएको छ ।

शुक्रबार अपराहृन इण्डियन एयरलाइन्सको विमानबाट उनलाई दिल्ली लगिएको हो । महतोको मेदान्त अपस्तालमा उपचार हुने सद्भावनाका महासचिव मनिष सुमनले जानकारी दिए ।
महतोलाई शुक्रबार नै माउन्टेन एयरको हेलिकोप्टरबाट धरानबाट काठमाडौं ल्याइएको थियो ।
गत शनिबार विराटनगरको रानी भन्सार नाकामा धर्ना दिने क्रममा भएको झडपमा महतो घाइते भएका थिए । विराटनगरको गोल्डेन गेट अस्पतालमा भर्ना भएका महतोलाई केही दिनपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारियो ।
चिकित्सकहरुका अनुसार उनको टोउका, हात र खुट्टामा चोट लागेको छ । यो चोट समान्य छ । तर, उनको रत्तचाप लगायतका पुरानो रोगले च्यापेको छ ।