नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले आइतबार क्वालालम्पुरमा आयोजना गरेको ‘सून्य लागत र मलेसियामा रहेका नेपालीहरुको धारणा’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले मलेसियामा फ्रि भिषा र फ्रि टिकट लागू गर्नु भन्दा अगाडि दुई देशबीच श्रम संझौता हुनुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा भाग लिँदै मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमानसिंह वस्न्यातले सरकारले ल्याएको नीति एकदमै राम्रो भएकाले सवैले यसलाई राम्ररी कार्यान्यन गर्नुपर्नेमा जोड दिए । दुई देशबीच श्रम संझौताको लागि पहल भइरहेको वताउदै वस्न्यातले भने – ‘वार्ता जारी छ मुख्य मुख्य कुराहरु नमिलेको कारणले केहि ढिला भएको हो ।’
मलेसियामा धेरै नेपालीहरुले दुःख पाएको वताउदै मलेसियामा रहेका संघ संस्थाहरुले ती पीडाका परेका नेपालीहरुको लागि सहयोगीको भूमिका खेल्नुपर्नेमा जोड दिए । कोही पनि पैसाको अभावमा नेपाल फर्कन नसकिरहेको अवस्था भएमा दूतावाससम्म ल्याइदिएमा दूतावासले टिकट काटेर नेपाल पठाईदिने उनले बताए ।
दुतावासका श्रम सहचरी वुद्धिनाथ भटटराईले फ्रि भिषा र फ्रि टिकट कार्यान्वयनको शुरुवात भइसकेको र दुई महिनाको अवधिमा सेक्युरिटी गार्डसहित एक सय १४ कम्पनीहरुवाट चार हजारको माग आईसकेको उल्लेख गरे ।
जेल र क्याम्पमा रहेका नेपालीलाई घर फर्काउन रकम सहयोग
मलेसियाका जेल र डिटेन्सन क्याम्पमा रहेका नेपालीलाइ घर फर्काउन नेपाली जनसम्पर्क समिति मलेसियाले तीन हजार रिंगेट सहयोग गरेको छ ।
अन्तरकि्रया कार्यक्रममै अध्यक्ष पंगेनीले राजदुत डा. निरन्जनमान सिंह वस्न्यातलाई उक्त रकमको चेक हस्तान्तरण गरे । राजदुत वस्न्यातले विभिन्न कम्पनी र संस्थाले नेपाली दुतावासलाई टिकट सहयोग गर्दै गरेको र सो टिकटले नेपालीको उद्धार गर्न सकिएको जानकारी दिए ।
दुई सय ५२ नेपाली जेल र डिटेन्सन क्याम्पमा रहेको र उनीहरुको उद्धारमा दुतावास क्रियाशील रहेको वस्न्यातले जानकारी दिए ।