जलेश्वर । महोत्तरीको जलेश्वरमा बुधबार अपराह्न प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ
।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर जलेश्वर नगरपालिका ७ का रोहन चौधरी, १४ का मुसवा कापर र जलेश्वर ५ का रामविवेक यादवको मृत्यु भएको हो ।
अर्का घाइते भएका छन् । उनलाई गोली लागेको छ । थप उपचारका जनकपुर ल्याउँदै गरेका उनको अवस्था गम्भीर छ ।
मधेसी मोर्चाका कार्यकर्ताले बुधबार प्रदर्शन गरेको थियो । दिउँसो २ बजेदेखि जलेश्वरमा विभिन्न ठाउँबाट मानिसहरुको भीड एक्कासी भेला हुन थालेको थियो ।
मधेसी मोर्चाका कार्यकर्ताले बुधबार प्रदर्शन गरेको थियो । दिउँसो २ बजेदेखि जलेश्वरमा विभिन्न ठाउँबाट मानिसहरुको भीड एक्कासी भेला हुन थालेको थियो ।
स्थानीय महेन्द्र चोकमा भेला भएको भीडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला उत्तरतर्फ तैनाथ रहेका प्रहरीमाथि केही व्यक्तिले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।
सुरुमा स्थानीय नेताहरुले प्रहरीसँग छलफल गरेर स्थितिलाई साम्य पार्न प्रयास गरेका थिए । त्यसक्रममा ढुंगा हान्ने केही व्यक्तिलाई प्रहरीले पक्राऊ समेत गरेको थियो ।
सुरुमा आन्दोलनकारीले ढुंगा हानेपछि प्रहरीले केही पछि हटेको थियो । तर, आन्दोलनकारीले प्रहरी कार्यालय तर्फ पनि ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको छ ।