मन्थली । रामेछापमा महाभूकम्प पिडितहरूका लागि राहत वितरण कार्यक्रम जारी रहेको छ । विभिन्न संस्थाहरूले राहत वितरण गर्ने कार्य जारी रहेकै बेला थाहा सञ्चार समूहले समेत रामेछापमा राहत वितरण गरेको छ । थाहा सञ्चार समुहको आयोजनामा मन्थली नगरपालिकाको वडा नं. १३ र पुरानागाउँ एवं पिंखुरी गाविसका भूकम्प पिडितहरूका लागि अजय सुमार्गीस्लिे राहात वितरण गरेका छन ।
राहत सामग्रीमा चामल, त्रिपाल, चिउरा, दाल बाल्टिन, ब्यांकेट लगायतका सामग्रीहरू रहेका थिए । राहत वितरणका अवसरमा सुमार्गीले भूकम्पसँग सम्बन्धित चेतनामूलक कुराहरूको बारेमा जानकारी दिंदै यो विषम परिस्थितिमा सबै नेपाली नागरिकहरूले राज्यलाई सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा पूर्ब सभाषद रमा गुरागाई , जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी, नेपाली कांग्रेसका अर्जुन केसी, रामकृष्ण ढुंगेललगायतको उपस्थिति रहेको थियो