धर्मनिरपेक्षता र हिन्दु राष्ट्र माग गर्दै बेग्लाबेग्लै प्रदर्शनमा उत्रिएकाहरु आइतबार नयाँ बानेश्वरमा आमने सामने भएका छन् ।
दुई विपरीत समूहको र्यालीका कारण यातायात अस्तव्यस्त भएको थियो । धर्म निरपेक्षता कायम गर्न माग गर्दै बौद्ध, किरात, इस्लाम, क्रिष्चियन र बोन धार्मावलम्बीहरुले भृकुटीमण्डपबाट र्याली निकालेका थिए ।
निरपेक्षतावादीको र्याली बानेश्वरमा नपुग्दै हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालको र्याली पनि त्यतैतर्फ अघि बढ्यो ।
विपरीत धार्मिक माग लिएर प्रदर्शनमा उत्रिएकाहरुलाई जम्माभेट हुन नदिन बीचमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । राप्रपा नेपालको र्यालीलाई प्रहरीले कृष्ण टावर अगाडि नै राकेपेछि दुई समूहको जम्काभेट हुन पाएन ।
धर्म निरपेक्षता पक्षधरले बानेश्वरमा सभा गरिरहँदा कमल थापासहितका राप्रपा नेपालका नेता कार्यकर्ता भने केही तल सडकमै बसेर हिन्दु राष्ट्रको माग गर्दै नारा लगाइरहेका थिए ।
राप्रपा नेपालको प्रदर्शनमा सहभागीहरू
धर्म निरपेक्षा माग गर्दै निकालिएको र्यालीमा सहभागीहरु