टीकापुर घटनाबारे अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले अनलाइनखबरलाई जानकारी दिए । ‘अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको हो’ प्रजिअ चापागाइँले बताए ।
यसअघि प्रहरीले फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुलाई पक्राउ गरेको थियो । भैरहवाबाट पक्राउ गरेका उनलाई मध्यराति १२ बजे कैलाली पुर्याइएको थियो ।
प्रजिअ चापागाइँका अनुसार टीकापुर घटनाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जना पक्राउ परेका छन् । १६ जनालाई म्याद थप गरेर हिरासतमा राखिएको छ भने ४ जनालाई अदालतमा उपस्थित गराउन बाँकी छ ।