एक साताअघि रामेछापको दुई विरामीमा एचवान एनवान इन्फ्लुएन्जा अर्थात स्वाइनफ्लु देखियो ।

ज्वरोका बिरामी बढेपछि केही नमुना संकलन गरेर काठमाडौं ल्याइएको थियो । जसमध्ये दुई जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको छ ।
उनीहरुलाई औषधी पडाइएको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख बाबुराम मरासिनीले जानकारी दिए ।
उनका अनुसार अहिले स्वाइनफ्लु देखिने सिजन नै हो । ‘अहिले सिजन नै हो । भदौ असोजमा ठाउँ-ठाउँमा देखिने गर्छ’ मरासिनीले भने ।