आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका पाँच जनाको शवयात्रामा मानवसागर उर्लिएको छ ।
शव यात्राका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कफ्र्यू हटाइएको थियो । तर, जनसहभागिता बढेपछि लम्ब्याइएको छ ।
१४ र १५ गते वीरगञ्जमा भएको झडपमा प्रहरीको गोली लागेर दिलिप चौरसिया, धर्मराज सिंह, दिनानाथ साह, जयप्रकाश साह तेली र सोहन साहको मृत्यु भएको थियो । उनीहरुको तिलावे पुलमा सामूहिक रुपमा अन्त्येष्टि गरिँदैछ