रामेछापमा स्वाईनफ्लूको संक्रमण भेटिएको छ । उच्च ज्वरो र रुघाखोकिका विरामी वढेपछि शंकास्पद बिरामीलाई रगत परिक्षणका लागि राजधानी स्थित टेकु अस्पतालमा पठाएकोमा २ जनामा स्वाईनफ्लूको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।डेढ साता यता देखा परेको संक्रमणका कारण जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा सयौं शंकास्पद विरामी भर्ना भएका छन् । यद्यपीे हाल सम्म स्वाईनफ्लु भयावह अवस्थामा नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच स्वाइनफ्लूका लागि दिईने औषधिको भण्डारण र प्रयोगबारे जिल्लाका चिकित्सकहरु छलफलमा जुटेका छन् ।