हिन्दुवादीको अनसन स्थलमा मन्त्री आचार्यमाथि आक्रमणको प्रयास


Narahari-Achrya-(2)

काठमाडौं । हिन्दुवादी युवाहरुको अनसन तोडाउन गएका कानूनमन्त्री नरहरी आचार्यमाथि आक्रमणको प्रयास भएको छ ।
प्रधानमन्त्रीले अनसन तोडाउने तय भएको थियो । तर, प्रधानमन्त्रीको समय नमिलेपछि गएका कानूनमन्त्री आचार्यको गाडिमा ढुंगा प्रहार भएको छ ।

मन्त्री आचार्य प्रधानमन्त्रीको पत्र लिएर खुलामञ्च पुगेका थिए । पत्रमा ६ बुँदे माग पुरा गर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने मागबारे वार्ता र सम्वादबाट निकास खोज्ने उल्लेख छ ।
Narahari Achrya (1)मन्त्री आचार्यले पत्र सुनाएर फर्कने क्रममा सहभागीहरुले मन्त्री आचार्यमाथि आक्रमणको प्रयास भएको छ । मन्त्री आचार्यलाई सुरक्षाकर्मीहरुले तत्काल गाडी चढाएर खुलामञ्चबाट बाहिर लगेका थिए ।
असनसकारी सागर कटुवाल मन्त्री र्फकने क्रममा केहीवेर तनाव भएको स्वीकार गरे ।
उनले अनलाइनखबरसँग भने-‘मन्त्रीले पत्र पढेपछि यो धोका हो भन्दै सार्वसाधारणले विरोध गरे । उहाँ र्फकने क्रममा केहीवेर तनाव भएको हो ।’
मन्त्री बाहिरिएपछि जगत गूरु तथा सन्तहरूले पञ्चामृत खुवाएर चार युवाको आमरण अनसन तोडाएका छन् ।
हिन्दु राष्ट्र घोषणाको माग गर्दै कमलप्रसाद जोशी, प्रेमनिधि भारद्धाज, सागर कटुवाल र खेमनाथ आचार्य भदौ १४ गतेबाट खुल्लामञ्चमा अनसनमा बसेका थिए ।