यस्तो छुट यही अक्टोबर १ तारिखदेखि सन् २०१६ जुन ३० सम्म उडान गर्ने यात्रुहरुले पाउनेछन् । यसका लागि यात्रुहरुले सेप्टेम्बर २० अगाडि नै उडान टिकट बुकिङ गर्नुपर्ने हुन्छ ।
फ्लाई दुबईले सातामा ४५ राष्ट्रका ९० भन्दा बढी शहरमा उडान भर्दै आएको छ । सातामा ४९ वटा विमानमार्फत १ हजार ६ उडान भरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा पनि नियमित उडान भर्दै आएको छ ।
कम्पनीले गल्फ कोअपरेशन काउन्सिलका ६ राष्ट्र, मध्यपूर्व, अफ्रिका, आर्मेनिया, अजरबैजान, जर्जिया, इरान, टर्की, रशिया, मध्य एशिया र युरोप लगायतका देशहरुमा उडान भर्दै आएको छ ।