खुला क्षेत्रमा ११ मिटर , जटिल र पहाडी क्षेत्रमा ९ मिटर चौडाइको सडक निर्माण गर्ने गरी तीव्रताका साथ पुनर्निर्माणको काम अघि बढेको छ । पुन ः निर्माण पश्चात यो सडकखण्ड अहिलेको तुलनामा दोब्बर बढी चौडाइको हुनेछ ।
नारायणगढ -काठमाडौ-पोखरा जाने महत्वपूर्ण मार्गलाई जोडने नारायणगढ मुग्लिन सडकखण्डलाई एसियाली मापदण्ड अनुरुपको २ देखि ४ लेनको सडक बनाउन लागिएको हो । तीन अर्ब रूपैयााको लागतमा निर्माण हुन लागेको यो सडकको काम दुई वर्ष भित्रै सक्ने लक्ष्य छ । पाँच मिटर फराकिलो पिचलाई ११ मिटरसम्म फराकिलो बनाइने सडक निर्माण आयोजनाका प्रमुख चन्ऽ नारायण यादवले बताए ।
नेपाल-भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर बढाउने काम हुन लागेको हो । निर्माणका लागि सडक तीन खण्ड बनाएर फरकफरक निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । सबै निर्माण कम्पनीले विभिन्न स्थानमा क्याम्प खडा गरी कामलाई तिव्र रुपमा अगाडी बढाएको प्रमुख यादवले बताएका छन् ।
नारायणगढदेखि सडक फराकिलो पार्दै मुग्लिनसम्म ल्याइनेछ । नारायणगढदेखि १६ किलोमिटर दुरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने प्रमुख यादवले जानकारी दिए ।
आापटारीदेखि झण्डै १३ किलो मिटरसम्मको खण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई ठेक्का दिइएको आयोजनाका प्रमुख यादवले बताएका छन् । ६० करोड १० लाख ६३ हजार रूपैयाँको लागतमा बन्ने यो खण्डको निर्माण सम्झौता २४ अपि्रलमा भएको थियो । प्रमुख यादवका अनुसार त्यसपछिको २३ किलो मिटरसम्मको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ । सो खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रूपैयाँ रहेको छ । ३१ मार्चमा यो खण्डको निर्माण सम्झौता भएको थियो । त्यसअघि २३ मार्चमा भएको सम्झौताअनुसार सुपि्रम तथा रौताहा निर्माण कम्पनीलाई साढे २३ किलो मिटरदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा दिइएको छ । सो खण्डको निर्माण लागत सबैभन्दा धेरै एक अर्ब ३० करोड ४२ लाख ६८ हजार रुपैया रहेको प्रमुख यादवले बताए ।सम्झौता भएको २४ महिनाभित्र निर्माण सक्ने शर्त भएको योजनाका प्रमुखले दावी गरे । आउँदो डिसेम्बरसम्म १५ प्रतिशत काम सक्ने भन्ने सम्झौता रहेको जानकारी दिदै प्रमुख यादवले महत्वपूर्ण मार्ग भएकाले तोकिएकै समयमा काम सक्ने तयारीमा लागेको बताए । नारायणगढ र गोरखा जोड्ने सडक सन् १९८२ मा चीन सरकारको सहयोगमा यो सडक निर्माण भएको थियो । नारायणगढ देखि मुग्लिनसम्म सो सडकको लम्बाई ३६ किलो मिटर छ । पोखरा र काठमाडौंलाई जोड्ने मुख्य मार्ग भएकाले सो सडक खण्डमा दैनिक आठ हजारभन्दा धेरै गाडी आवत जावत गर्ने गर्छन ।