ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्स औपचारिकरुमा संचालनमा आएको छ । त्यसैगरी मोबाइल कम्प्लेक्सले अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम पनि संचालनमा ल्याएको छ । 1111ललितपुर मोबाइल कम्प्लेक्स तथा मोबाइल एक्स्पो २०७२ माननिय अर्थमन्त्री डा. रामशरण महतले उदघाट्न गरे । मन्त्री महतले मल उदघाटन गर्दै हरेक प्रकारका सामाग्रीहरु एकै स्थानमा खरिद गर्न सकिने गरि मलहरु खोलिनु आवश्यक भएको बताए । उनले समाज आधुनिकिकरणतर्फ उन्मुख भएको भन्दै यस्ता सपिंग मलहरुले आर्थिक गतिविधि बढाउन सहयोग गर्ने स्पष्ट पारे । कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुरमा पहिलो पटक व्यवस्थितरुपमा सपिंग मलको स्थापना भएको भन्दै यो छोटो अवधिमा नै स्थापित हुने बताए । कम्प्लेक्सका अध्यक्ष बस्नेतले कम्प्लेक्सको शुभारम्भसँगै मोबाइल एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुमबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुमा विशेष छुट दिईने बताए । कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन यो मलले सहयोग गर्ने अपेक्षा गर्दै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको दाबी गरे । मोबाइल कम्प्लेक्स तथा एक्स्पोको पहिलो दिनमा नै मोबाइल खरिद तथा भ्रमणका लागि उल्लेख्य मात्रामा ग्राहकहरु तथा अवलोकनकर्ताहरुको भिड देखिएको छ । एक्स्पोको पहिलो दिन नै २० हजारभन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।
ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आउने छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना हुनेछ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्स्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने छ । त्यसैगरी भदौ २५ गते ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना हुनेछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । विगत १३ वर्षदेखि मोबाइल व्यवसायमा संलग्न रहेका मोबाइल व्यवसायीद्धारा संचालन हुने यो मोबाइल कम्प्लेक्समा एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्र मार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । नेपालको सबैभन्दा ठूलो मोबाइल शोरुममा दक्ष प्राविधिकबाट मोबाइल मर्मत गर्ने तथा नेपालभरी कतैपनि बन्न नसकेको मोबाइल पनि यहाँको सर्भिस सेन्टरमा छिटो मर्मत गर्नसक्ने क्षमता रहेको छ । मोबाइल एक्स्पोको अवसर पारेर मोबाइल कम्प्लेक्समा रहेको एक्स्पोको स्टल नम्बर ९, १० तथा ११, १२ मा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । उक्त मोबाइल एक्स्पोमा मोबाइल एक्सचेन्जका लागि मोबाइल भ्यालुएटर राखिनेछ । मोबाइल सम्बन्धि दक्ष र अनुभवि मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको अधिकतम मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको छ । कम्प्लेक्सको शुभारम्भसँग हुने एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ । त्यसैगरी भूकम्प पिडितलाई स्मार्टफोनको खरिदमा ८ जीबीको मेमोरीकार्ड निशुल्क दिईने छ । नेपालको पहिलो र सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुमले आयोजना गरेको मोबाइल एक्स्पोमा प्रवेशका लागि टिकट दर १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । त्यस्तै एक्सपोको अन्तिम दिन लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिने पनि बस्नेतले जानकारी दिएका छन्। यस मेलामा ९ सय रुपैयाँदेखि लिएर १ लाख रुपैयाँ सम्मका मोबाइल फोनहरु उपलब्ध छन्। सार्थ भूकम्पपिडीतहरुलाई स्मार्टफोनको खरिमा ८ जीबीको मेमोरी कार्ड निःशुल्क दिइने पनि उनले बताए। तीजको अवसर पारेर विशेष कार्यक्रमको व्यवस्था पनि गरिएको छ। मल भित्र विभिन्न कम्पनीका १० वटा सर्भिस सेन्टर रहेका छन्। नेपालभर कतै बन्न नसकेका मोबाइल फोनहरुलाई दक्ष प्रविधिकद्वारा मर्मत गरिने पनि ललितपुर मलले दावी गरेको छ। ललितपुर मलको दोस्रो तलामा ४० भन्दा बढी मोबाइल सोरुम तथा आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ। यो नेपालकै ठूलो सोरुम रहेको र यहाँ एकै पटक ४ हजार देखि ५ हजार ग्राहकहरुले एकैपटक सेवा सुविधा लिन सक्न बस्नेतले बताए। यस सोरुममा ग्रे मार्केटबाट आएका मोबाइल नभई सिलप्याक मोबाइल मात्र विक्री गरिने पनि उनले बताए।