काठमाडौं । संविधान घोषणा भएको ऐतिहासिक अवसरमा विशेष स्मारिका सिक्का निष्काशन हुने भएको छ । नेपाल राष्ट्र बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का निष्काशन गर्ने निर्णय गरेको हो ।
यस्तै १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्कासमेत निष्काशन गरेर विक्री वितरण गर्ने राष्ट्र बैंकका सह-प्रबक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
राष्ट्र बंैकले विभिन्न अवसरमा स्मारिका सिक्काहरु निष्काशन गर्दै आएको छ ।