मधेसी र आदिवासी जनजाति दलहरु आवद्ध संघीय गठबन्धन तथा वैद्य माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संयुक्तरुपमा नयाँ संविधान जलाएका हुन् ।
असन्तुष्ट दलहरुले सुन्धाराबाट जुलुस निकाले थिए । भोटाहिटीमा पुगेपछि संविधान जलाए । संविधानको प्रति जनाउन रोक्न खोजेपछि झडप समेत भएको थियो ।
प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले लाठीचार्ज गर्दै आन्दोलनकारी तितर-वितर भएका थिए ।
नयाँ संविधान जारी भएको दिन असोज ३ लाई कालो दिनका रुपमा मनाएका असन्तुष्ट दलहरुले सोमबार देशभर संविधान जलाएर विरोध गरेका छन् ।
भिडियो