एकपछि अर्को गर्दै विद्यार्थी बिरामी हुन थालेको हिमालय उच्चमाविका शिक्षक रामकुमार घलेले जानकारी दिए ।
विगत एक सातादेखि विद्यार्थी बिरामी हुने समस्या देखिएको शिक्षक घलेको भनाइ छ । पढिरहेको अवस्थामा विद्यार्थी बेहोस हुने समस्या देखापरेको नयाँ पत्रिकामा खबर छ । छात्रामा बेहोस हुने समस्या देखा परेको र एकै विद्यार्थी पटकपटक बेहोस हुने गरेको शिक्षक घलेले बताए ।
अहिलेसम्म कक्षा १० मा पढिरहेकी दिलकुमारी गुरुङ, कोपिला गुरुङ, कक्षा १२ मा पढिरहेकी अञ्जु गुरुङलगायत विद्यार्थी हुने समस्या देखा परेको छ ।
-