वीरगञ्जको कर्फ्यू चार घन्टा हटाइयो

फाइल तस्वीरपर्सा । स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यू मंगलबार चार घन्टाका लागि हटाएको छ । कर्फ्यू बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

फाइल तस्वीर
स्थानीयलाई दैनिक प्रयोजनका सामान खरिदबिक्री गर्न तथा वीरगञ्जको जनजीवन विस्तारै सामान्य बन्दै गएको र अझै सामान्य बनाउन स्थानीयको दैनिकी सहज बनाउन कर्फ्यूको समय घटाइएको प्रशासनले जनाएको छ ।
यसअघि आइतबार र सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घन्टाका लागि कर्फ्यू हटाइएको थियो ।
नयाँ संविधानका लागि भएको सीमांकनका विषयमा भएको प्रदर्शनका क्रममा वीरगञ्जमा पाँच जनाले ज्यान गुमाएका थिए ।