गैर सरकारी संस्थाहरु बीचको छलफल सम्पन्न

मन्थली । स्थानीय सरकारको जवाफदेहीता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछाप र स्थानीय नागरिक समाजका पदाधिकारीहरु बीचको अन्तरक्रिया कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।

असल शासन क्लव जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष दीपक भट्टको अध्यक्षतामा भएको उक्त छलफलमा स्थानीय सरकारको जवाफदेहीता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछापले गर्ने परियोजना संचालनको क्रममा लिने रणनीति तथा नागरिक स्तरका संस्थाहरुसँग हुने  समन्वयको विषयमा परियोजनाका जिल्ला संयोजक उमङ्ग मैनाली र एसडीसीका सम्पर्क अधिकृत बलराम श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
परियोजनाले जिल्लामा विभिन्न गतिविधिहरु गर्नुका साथै सामाजिक जवाफदेहीताको संयन्त्रहरु प्रयोग गर्न जिल्लामा क्रियाशिल सामुदायिक विकास समाज, हुसोक रामेछाप, बाईएसुपी नेपाल, शान्तिदीप यूवा क्लब, हामी गर्छौँ नेपाल, जनहित विकास समाज, प्राकृतिक स्रोत प्रबद्र्धन समाज, नागरिक सरोकार समूह नेपाल, सामुदायिक विकास केन्द्र, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछाप सहितका १० वटा संस्थाहरुलाई छनौट गरेको छ । परियोजनाले नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मञ्चहरुमा केन्द्रीत भई सार्वजनिक सेवाको माग पक्षलाई मजबुद बनाउन विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।