कांग्रेस कार्यालयमा लगाइएको आगो निभाउदै अग्नी नियन्त्रक
धनुषा :
मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले जनकपुरमा हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरेको हो ।
प्रदेश सीमांकनको विरोधमा आन्दोलनरत
मोर्चाका कार्यकर्ताहरुले पिडरिया माइस्थानस्थित कांग्रेस जिल्ला
कार्यालयमा आगजनी गरेका थिए भने एमाले कार्यालयमा तोडफोडको प्रयास गरेका
थिए ।
लाठीसहित प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताहरु
रामचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप
भएको छ । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । मोर्चाका कार्यकर्ताहरुले
जनकपुरमा लाठीसहित प्रदर्शन समेत गरेका थिए ।
यसैबीच महोत्तरीको गौशालामा प्रदर्शनकारीले प्रहरी विटमा आगजनी गरेका छन्