प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले घटेको इन्धन मूल्यअनुरूप सार्वजनिक यातायातको भाडा घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा बिहीबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले इन्धनको पटकपटक घटेको मूल्यअनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार बैठकले पेट्रोलियम पदार्थको मूल्य घटिरहेका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी सार्वजनिक यातायातको भाडादर घटाउने र पूर्वनिर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्य घटदा स्वचालित रूपमा भाडादर समायोजन हुने व्यवस्था मिलाउन निर्देशन दिने निर्देशनसमेत दिएको छ ।काम रोकेर धर्ना दिन नपाइने आदेश
काठमाडौं (कास)– पाटन पुनरावेदन अदालतले कुनै पनि निकायमा काम रोकेर धर्ना दिन नपाइने आदेश गरेको छ । न्यायधीशद्वय तिलकप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो । शिक्षक महासंघले शिक्षा विभागमा काम रोकेर धर्ना दिने घोषणा गरेपछि परेको रिटको सुनुवाइको उक्त आदेशमा अबदेखि कुनै पनि सरकारी वा निजी कार्यालयमा काम अवरुद्ध हुने गरी धर्ना दिन नपाइने उल्लेख छ ।
प्रकाशित: भाद्र १८, २०७२