मोर्डन कन्या मल्टिपल कलेजले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले नेपालीहरु आफ्नो कामप्रति लगनशील र इमान्दार नभएको बताए ।
उनले दन्डहीनताको अन्त्य गरी अपराधीलाई ठीक लगाएपछि मात्र मुलुक अगाडि बढ्ने भन्दै राजनीति गर्नेव्यक्तिले डीपी, पीआर लिन नपाउने व्यवस्था गर्न आफू लागेकाले त्यसमा साथ दिन आग्रह पनि गरे ।
केही व्यक्ति स्वदेशमा बसौं की विदेश भागौं भन्ने दोधारमा रहेकाले भाग्न खोज्नेहरुलाई बाइबाइ गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।
मन्त्री पण्डितले शरीर नेपालमा नहुनेहरुले नेपालको नागरिकता लिएर मात्र केही गर्न नसक्ने भन्दै भाग्नेहरु भागेपछि नेपालमा रहनेहरुले मुुलुक निर्माणमा लाग्नुपर्ने बताए ।
मन्त्री पण्डितले अहिले केही शक्ति जातजाति र पहिचानका नाममा संविधान बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले नेपाल र नेपालीको पहिचान वीर गोर्खाली र गौतम बुद्धले दिइसकेको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने विद्यार्थीलाई मन्त्री पण्डितले सम्मान गरेका थिए । - See more at: