संविधानसभा नेपाली राजनीतिक इतिहासको एक गौरवमय जहाज हो । हामी सबै नेपाली तथा केही हदसम्म छिमेकीहरु पनि यो जहाजका यात्रुहरु हौं । संविधानसभाको निम्ति लडेको पार्टी नेता हुनुको हैसियतमा अध्यक्ष प्रचण्ड जहाजलाई सकुशल गन्तव्यमा पुर्याउने दृढतामा हुनुहुन्छ । दोस्रो संविधानसभाको शक्ति सन्तुलनले संविधानसभाको मुख्य र सहायक क्याप्टेन बदलेको छ ।त्यही घडी सहायक क्याप्टेनले मुख्य क्याप्टेनलाई सानो डुंगाबाट बाहिरिन अनुरोध गर्यो । परन्तु, मुख्य क्याप्टेनले सो अनुरोधलाई अस्वीकार गर्दै भन्यो- “मेरो गल्तीले यो दुर्घटना भएको छ । हाम्रो मान्यताअनुसार यात्रुलाई मराएर क्याप्टेन बच्नु हुँदैन ।” क्रमशः मुख्य क्याप्टेन रहेको जहाजको भाग समुद्रमा डुब्यो । यो अंग्रेजी चलचित्र ‘टाइटानिक’को कथा हो ।
विनाशकारी भूकम्पको बेला जसको नेतृत्वमा भए पनि नेपाल सरकारलाई बलियो बनाएर मात्र प्रतिपक्ष पनि बलियो हुन्छ, प्रचण्डको नीति थियो । नयाँ राष्ट्रिय एकता र गुणात्मक परिवर्तनको दिशामा अघि बढ्न प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न जरुरी छ । त्यस निम्ति सबै आग्रह र पूर्वाग्रह थाती राखेर मधेसवादी एवं जनजाति अगुवाहरु वार्तामा बस्न जरुरी छ । यसरी मात्र हामी इतिहासको राष्ट्रिय जिम्मेदारी निर्वाह गर्न सक्षम हुने छौं ।
अहिलेको वस्तुस्थिति
कांग्रेस-एमालेको उदासीनता, वैद्य समुहको जडता र मधेसवादीको उदण्डताका कारण प्रथम संविधानसभाले संविधान जारी गर्न नसकिएको तथ्य बिर्सनु हुँदैन । दोस्रो संविधानसभामा प्रथम र दोस्रो स्थान हासिल गरेका कांग्रेस-एमालेद्वारा सहजै सरकार गठनको हैसियत समेतको पृष्ठभूमिमा संविधान निर्माणप्रति उनीरुको दायित्व भएकोले हुन सक्छ, केही प्रयत्नरत छन् ।
कांग्रेस-एमालेको उदासीनता, वैद्य समुहको जडता र मधेसवादीको उदण्डताका कारण प्रथम संविधानसभाले संविधान जारी गर्न नसकिएको तथ्य बिर्सनु हुँदैन । दोस्रो संविधानसभामा प्रथम र दोस्रो स्थान हासिल गरेका कांग्रेस-एमालेद्वारा सहजै सरकार गठनको हैसियत समेतको पृष्ठभूमिमा संविधान निर्माणप्रति उनीरुको दायित्व भएकोले हुन सक्छ, केही प्रयत्नरत छन् ।
वैद्य माओवादी संविधानभाबाट संविधान निर्माणविरुद्ध उभिएका छन् भने मधेसवादी नेताहरु पहिलेकै उदण्डतालाई अझ उत्कर्षमा उठाउन खोज्दै छन् । यसरी अन्ततः तीन दलीय सहमतिको सामुहिक संशोधन प्रस्तुत गरिएको पृष्ठभूमिमा संविधानसभाबाट सम्झौताको संविधान जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परन्तु, मधेसवादी र जनजाति केहीको विरोधको जुन सिलसिला छ, त्यसबारे प्रकाश पार्न यहाँ प्रयत्न गरिन्छ ।
माओवादीलाई खाने बाघले मधेसी र आदिवासीलाई बाँकी राख्छ ?
डा. हर्क गुरुङपछिका प्रखर बिश्लेषक सीके लाल भन्नुहुन्छ- “माओवादीलाई रोक्न मधेस विद्रोहको जरुरत भएको थियो, संघीयताका लागि होइन । नभए ‘एक मधेस प्रदेश’को कुरै उठ्ने थिएन । त्यो संघीयताको अवधारणा होइन । …. तर, त्यो सँगसँगै संघीयता आइदिएर अहिले आपत परेको छ । पहिलो संविधानसभा विघटन हुँदा भारत चुप बसिदियो । अझ सहयोगी नै बनिदियो । …. तर, यसबीचमा संघीयताको मान्यता त स्थापित भयो । यसलाई मान्न पनि भएन, छोड्न पनि भएन । त्यसैले दिल्लीमा जो मानिस बसेको छ, उसलाई बेस्सरी आपत परेको छ । दिल्लीलाई संघीयता भालुको कन्पट समातेको जस्तो भएको छ ।” (१२ अगष्ट २०१५, इसमता)
नेपाली राजनीतिमा संयुक्त मोर्चा निर्माण असाध्यै जटिल हुने गरेको छ । संयुक्त मोर्चा वस्तुतः बिचार मिल्ने र उत्पीडितहरुबीच हुनुपर्ने हो । परन्तु, यहाँको परम्परागत सामाजिक अन्तर्विरोधले यसो हुन नदिएर अझ त्यसलाई विभिन्न चक्रव्युहमा फसाउने गरेको छ । उदाहरणका लागि दलित एवं मधेसी र आदिवासी जनजातिबीच स्वतः मोर्चा बन्नुपर्ने हो ।
परन्तु, दलितलाई अछुत मान्ने र मधेसीलाई नेपाली नागरिक नठान्ने कार्यमा किराती समाजले पहाडिया ब्राहृमण-क्षेत्रीसँग मोर्चा गर्दछ भने फेरि किरातीलगायत आदिवासीको भाषा, संस्कृति, धर्म-परम्परामाथि दमन गर्न दलित र ब्राहृमण-क्षेत्री संयुक्त मोर्चा गर्दछन् । मधेसीहरुले पनि आदिवासी जनजातिलाई शासकवर्गका ब्राहृमण-क्षेत्रीसमान नै बुझ्दछन् । यो हाम्रो समाजको अत्यन्त क्रुर बिडम्बना हो । त्यही प्रवृत्तिले माओवादी जनयुद्धयता संविधान निर्माण प्रक्रियामा आफ्नो विभत्स क्रुरता प्रदर्शन गरिरहेको छ ।
सीके लालको प्रस्तुतिअनुसार नै माओवादीलाई तह लगाउन मधेस आन्दोलन दुरुपयोग गरियो । गौर हत्याकाण्ड समेत गराइयो । तर, के त्यसले मधेसी जनतालाई अधिकार दियो ? त्यस्तै तत्कालीन एमाले कार्यकर्ता पासाङ शेर्पा नेतृत्वको जनजाति महासंघले सक्नेजति माओवादीको खेदो खन्यो । पासाङ शेर्पा सगौरव भन्दछन्- “माओवादीको विरोध गर्ने पहिलो जनजाति हामी हौं ।” राजकुमार लेखी नेतृत्वको महासंघले पनि त्यही गर्यो । राईहरुको संस्था भित्र-भित्र विरोधमा लागेकै थियो । याक्थुङ चुम्लुङ त सुरुदेखि नै माओवादीविरुद्ध थियो, जसले जनयुद्धको वृहत किराती मोर्चा विभाजनमा भूमिका खेल्यो ।
माओवादीविरुद्ध त्यसरी उचालिएको मधेसी दल प्रथम संविधानसभामा चौथो शक्ति बन्यो । रामराजाप्रसाद सिंह जस्तो गणतन्त्रवादी नेतालाई राष्ट्रपतिमा सहयोग गर्न माओवादीले याचना गर्दा पनि उपेन्द्र यादव तथा महन्त ठाकुरले कांग्रेसी उम्मेद्वारलाई साथ दिए । सभामुखको चुनावमा पनि मधेसवादी नेताहरुले जातीय मुक्ति र संघीयता पक्षधर माओवादीलाई मित्र शक्ति मानेनन् । प्रधानसेनापतिलाई कार्वाही गर्दा पनि मधेसवादी नेताहरु कांग्रेस र एमालेकै पुच्छर बने ।
झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा उपेन्द्र यादव निकट भए, गच्छदार बाहिर गए । बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँदा गच्छदार निकट, तर उपेन्द्र बाहिर गए
प्रचण्ड सरकारको राजीनामापछि माओवादी पार्टीबाट उपेन्द्र यादवलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरियो । त्यसपछि मात्र एक खाले मधेसी नेताहरु सकारात्मकजस्तो बने । तर, बिजय गच्छदारको रवैया यथावत रहृयो । यादवलाई प्रधानमन्त्री बन्न नदिन गच्छदारले २८ जना सभासद लिएर फोरम पार्टी नै फूटाए । माधव नेपाल सरकारमा गच्छदार मन्त्री बने ।
झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा उपेन्द्र यादव निकट भए, गच्छदार बाहिर गए । बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँदा गच्छदार निकट, तर उपेन्द्र बाहिर गए । यसरी माओवादीविरुद्ध उभिएका मधेसी नेताहरु क्रमशः आफैभित्रको अन्तर्विरोधमा परे । प्रथम संविधानसभाको अन्तिम समयमा त्यही मधेसवादीबीचको अन्तर्विरोधका कारण सहमति भाँडियो ।
बाबुराम सरकारमा रहेका गच्छदार, हृदयश त्रिपाठी, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, अनिलकुमार झाहरुले फरक मतसहित ११ प्रदेशमा समर्थन जनाए । त्यो सुन्ने वित्तिकै सडकमा अर्थात् सरकार बाहिर रहेका उपेन्द्र यादवले बिशेषतः सरकारमा रहेका मधेसवादी विरुद्ध धम्कि दिए । यादव धम्कि थाम्न नसकेर गच्छदार-त्रिपाठीहरु ११ प्रदेशको सहमतिविरुद्ध उभिए । परिणाममा संविधान बन्न सकेन ।
दोस्रो संविधानसभामा सबैले मार खाएपछि मात्र माओवादीलाई मधेसी र आदिवासीहरुले मित्र शक्ति भनेर चिने । परन्तु, परिस्थितिले धेरै टाढा छोडेर गइसकेको थियो । अर्थात् पहिचान आधारित संघीयता पक्षधर शक्ति ज्यादै कम्जोर बनेको स्थिति थियो । माओवादीका पनि कम्जोरीहरु अवश्य थिए । परन्तु, मुद्दागत सहकार्य बन्नुपर्नेमा माओवादीको कम्जोरीलाई पहाड बनाउने काम त्यसबेला मधेसी फोरम र जनजाति महासंघले गरे । जो, जघन्य कम्जोरीको रुपमा व्यक्त भयो ।
१६ बुँदे सहमति हुँदै मस्यौदा संविधानले अन्तिम रुप लिइरहेको बेला गच्छदार फेरि प्रक्रिया छाड्न पुगेका छन् । गच्छदारले जसरी छुट्टै थरुवान प्रदेश हुनुपर्ने अडान बताउँदै बाहिरिएका छन्, त्यसप्रति उहाँको राजनीतिक नैतिकतामाथि प्रश्न उठेको छ । मोओवादीविरुद्ध यादव नेतृत्वमा गच्छदारले एक मधेस प्रदेशको नारामा लडेका थिए । हाल गच्छदारको महामन्त्री रामजनम चौधरी कांग्रेस छाडेर एक मधेसको आन्दोलनमा होमिएका थिए ।
जनयुद्धमा थरुवान स्वायत्त जनसरकार सञ्चालन गरिएको थियो । शान्ति सम्झौतामा जनसरकार विघटन गरिएपछि माओवादीले पहिचान आधारित संघीयताको निम्ति १३ राज्य समिति गठन गर्यो । त्यसमध्य एक थरुवान राज्य समिति थियो । अतः यादव र गच्छदारको एक मधेसको नारा थरुवान स्वायत्तता विरुद्ध केन्द्रीत थियो ।
अहिले आएर त्यही मधेसी जनआधिकारको नाममा गच्छदार र रामजनम चौधरीले थरुवान हुनुपर्छ भन्नु कुन राजनीतिक इतिहास र नैतिकताले दिन्छ ? यो स्थितिमा प्रक्रियाबाट गच्छदारको बहिर्गमन उही पहिला यादवको गर्जनबाट झुके जस्तै यसपटक कट्टु जोगाउन मात्र सडकमा गएका हुन् भन्न कठिन पर्दैन । यसरी मधेसवादी भनिने दलहरुबीचको नेतृत्व टकरावले संधिानसभा असफल तुल्याउने काम मात्र भइरहेको छ ।
पृष्ठभूमि र वर्गदृष्टिकोण कारक
माओवादी आन्दोलन साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध संघर्ष गर्नु आˆनो वर्गीय अधिरकार ठान्दछ । यही वर्गदृष्टिकोणले नेपाली समाजको वर्गीय, जातीय-क्षेत्रीय, लैंगिक उत्पीडनविरुद्ध पुँजीवदी लोकतान्त्रिक तहको संविधान निर्माणमा यो पार्टी केन्द्रीत रहँदै आएको छ ।
माओवादी आन्दोलन साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध संघर्ष गर्नु आˆनो वर्गीय अधिरकार ठान्दछ । यही वर्गदृष्टिकोणले नेपाली समाजको वर्गीय, जातीय-क्षेत्रीय, लैंगिक उत्पीडनविरुद्ध पुँजीवदी लोकतान्त्रिक तहको संविधान निर्माणमा यो पार्टी केन्द्रीत रहँदै आएको छ ।
परन्तु, मधेसवादी र जनजाति महासंघ निकट नेताहरुको पृष्ठभूमि कांग्रेस वा एमाले रहँदै आएको छ । सामन्ती राजतन्त्रलाई स्वीकार गर्ने दलाल तथा नोकरशाही पुँजीपतिवर्गको राजनीतिक प्रतिनिधि कांग्रेस र एमाले स्वतः माओवादी आन्दोलनविरोधी हुने नै भइहाल्यो । ४० सुत्रीय माग अस्वीकार गर्ने, रोल्पा-रकुममा ‘रोमियो अपरेशन’ चलाउने, जनयुद्ध दमन गर्न ‘किरो सेरा अपरेशन’ हुँदै सशस्त्र प्रहरी गठन गर्ने, माओवादी-सरकार वार्तामा संविधानसभा अस्वीकार गर्ने, संकटकाल लगाएर शाही सेना परिचालन गर्ने, माओवादी नेताहरुको टोउकोको मूल्य तोक्दै आतंककारी घोषणा गर्ने र साम्राज्यवाद तथा विस्तारवादलाई नेपाली सार्वभौमिकता जिम्मा दिने घोर प्रतिक्रियावादी हर्कत कांग्रेस-एमालेका नेताहरुले गरेकै थिए ।
त्यस्तो पृष्ठभूमिले नै ती जनजाति र मधेसी नेताहरुको वर्गदृष्टिकोण पनि निश्चित गर्यो । त्यसैले माओवादीविरुद्ध ती मधेसवादी र जनजातिहरु कांग्रेस-एमालेसँग संयुक्त मोर्चा गर्न पुगे । परिणाममा, जातीय-क्षेत्रीय उत्पीडन अन्त्यका लागि अधिकार सम्पन्न स्वायत्तता, पहिचानको संघीयता प्राप्तिको आन्दोलन यहाँ कठिन बन्न पुगेको छ ।
यसरी प्रचण्ड नेतृत्वको माओवादीलाई खाने बाघले अन्ततः मधेसी, आदिवासी, मुस्लिम, दलित कसैलाई बाँकी राखेन । यहीँनिर सर्वहारा आन्दोलन र जातीय मुक्ति आन्दोलनबीच समायोजनको बैज्ञानिकता छ । कमसेकम साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध माओवादी र मधेसी-आदिवासीबीच संयुक्त मोर्चा इतिहासको आवश्यकता हो । त्यस निमित्त अन्तर्विरोधको बैज्ञानिक पहिचान र अग्रगामी सञ्चालन जरुरी छ ।
सात प्रदेशभित्रै मगरात क्षेत्रलाई ४ नं. प्रदेशमा मिलाएर नवलपरासी-बर्दियासम्मलाई ५ नं. प्रदेश बनाउन एमाले नेतृत्व बाधक बनेको चर्चा छ । सरकारले बोलाएको वार्तामा उपेन्द्र यादव, महन्त ठाकुर सहभागी बनेर जोड दिएको भए एमालेको बाधा हटाउन सम्भव थियो । परन्तु, प्रक्रिया र वार्ता दुवै छाडेर यादव, ठाकुर, गच्छदार सबैले संविधानसभा परित्याग गर्दा नयाँ राष्ट्रिय एकता र त्यसअन्तर्गत मधेसी जनजातिको अधिकार सुनिश्चित हुने अपेक्षा राख्नु मुर्खता मात्र हो ।
(लेखक एमाओवादी स्थायी समिति सदस्य हुन् )
(लेखक एमाओवादी स्थायी समिति सदस्य हुन् )