म्यानपावर कार्यालयमा आगजनी गरेको अभियोगमा प्रहरीले मोरङ पथरिया–१ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सोमनाथ नेपाललाई पक्राउ गरेको जनाएको छ ।
सोमनाथले सोमबार काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित मन्टेश म्यानपावरमा आगजनी गरेका हुन् ।
आफूलाई विदेश उडाइदिन्छु भनि नउडाएपछि सोमनाथले म्यानपावर कम्पनीको कार्यालयभित्र पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगोले जलेर वैतडी घर भई कोटेश्वर बस्ने २४ वर्षीय केशव पन्तसहित ४ जना घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि नोवेल अस्पताल सिनामंगलमा लगिएको छ ।
आगलागीबाट म्यानपावरको कार्यालयमा रहेका करीव ३ लाख रुपियाँ वरावरको सामान जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो ।