काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदको बैठकलाई शुक्रबार सम्वोधन गर्दैछन् । व्यवस्थापिका संसदलाई उनले सम्बोधन गरेपछि नयाँ सरकार गठनको बाटो खोलिदिने छन् ।
संविधानसभाले यही असोज ३ गते नयाँ संविधान जारी गरेपछि रुपान्तरित व्यवस्थापिका संसदको पहिलो बैठक शुक्रबार बस्दै छ ।
शुक्रबार दिउँसो १ बजे पहिलो बैठकमा अधिवशेन आहवान सम्वन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ । त्यसपछि संसद बैठक स्थगित हुनेछ र साँझ ५ बजे दोस्रो बैठक बस्ने छ ।
दोस्रो बैठकमा प्रधानमन्त्री कोइरालाले सम्वोधन गर्ने कार्यक्रम छ ।
दोस्रो बैठकमा प्रधानमन्त्री कोइरालाले सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले सम्वोधन गर्ने भएपछि स्वाभाविक रुपमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नेछन् । प्रधामनन्त्री कोइरालालाई शुक्रबार नै राजीनामा दिन सत्ता साझेदार एमालेले दबाव दिँदै आएको छ । तर, कोइराला भने नयाँ संविधान संशोधन गरेर केही हदसम्म मधेसी मोर्चाको माग सम्वोधन गरेपछि मात्रै कुर्सि छाड्ने मनस्थितिमा थिए ।
एमालेको दवावपछि कोइराला शुक्रबारै राजीनामा दिने मुडमा छन् । उनले राजीनामा दिएमा राष्ट्रपतिले शुक्रबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।
संक्रमणकालीन व्यवस्थाअनुसार सहमतीय सरकार गठनका लागि ७ दिनको समय दिएर सरकार गठनको आह्वान हुनेछ । यो सात दिनमा सहमति नभए बहुमतीय प्रक्रिया सुरु हुनेछ । दलहरुबीचको अहिलेसम्म को छलफल हेर्दा सहमतीय सरकार गठनको सम्भावना कम देखिएको छ ।