हामीलाई प्रधानमन्त्री चाहिँदैन, संविधान कार्यान्वयन होस् : प्रचण्ड


Prachanda
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान बनाउन नदिने तत्वहरु नै यतिबेला तीन दललाई फुटाएर सरकार बनाउन नदिने खेलमा लागेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित अन्तरक्रियामा बोल्दै प्रचण्डले भने-‘ संविधान बनाउन नदिने र हामीलाई फुटाउन खोज्नेहरु नै यतिबेला सरबार बनाउन नदिने खेलमा लागेका छन् ।’
कार्यक्रममा प्रचण्डले भने- ‘हिजो संविधान बनाउन नदिनेहरुले सरकार बनाउने बेलामा हेरौंला भनेका थिए ।’
आफ्नो दललाई प्रधानमन्त्री र राष्ट्रपति केही नचाहिएको बताउँदै प्रचण्डले तीन दलवीचको एकता अझै कायम राख्नुपर्ने बताए । ‘हामीलाई प्रधानमन्त्री पनि चाहिँदैन, राष्ट्रपति पनि चाहिँदैन,’ प्रचण्डले भने- संविधान कार्यान्वयन होस् ।’
अब बन्ने सरकारले स्थानीय चुनाव, प्रादेशिक चुनाव र व्यवस्थापिका संसदको चुनाव गर्नेभएकाले आगामी ३ वर्षसम्म सहमतिको सरकार बनाएर यी कामहरु सम्पन्न गर्नुपर्ने प्रचण्डले बताए ।
थारु र मधेसीले उठाएका जायज मागहरुलाई संविधान संशोधनमार्फत् चाँडो सम्बोधन गरिनुपर्नेमा प्रचण्डले जोड दिए । उनीहरुका मागलाई सम्बोधन गरेर विजय गच्छदार र र थारुहरुलाई पनि सरकारमा सहभागी गराई सहमतीय सरकार बनाउनुपर्ने उनले बताए ।