‘नयाँ
शक्ति’बारे सम्पादकहरुको धारणा सुन्न र सुझावहरु लिन भन्दै आयोजना गरिएको
सो जमघटमा बरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नेपाली
कांग्रेसको महाधिवेशनमा भइरहेको ‘आर्थिक चलखेल’को प्रशंग कोट्याए ।
दाहालको टिप्पणीको भाव यस्तो थियो-
‘बाबुरामजीले नयाँ शक्तिमा तलैबाट प्रत्यक्ष चुनेर आउने लोकतान्त्रिक
व्यवस्था गर्ने बताउनुभएको छ, तर अहिले नेपाली कांग्रेसको गाउँ, क्षेत्र र
जिल्ला अधिवेशनको चुनावलाई हेर्दा यो प्रणालीमा पनि विकृति देखियो ।’
कांग्रेसको अधिवेशनमा पैसा खुवाउने र खाने
दुबैथरिले ‘हामीले यसो गर्यौं नि’ भन्दै आफूलाई सुनाएको दाहालले बताए ।
यसरी ‘देखी जान्ने’ प्रमाण नै पेश गरेर दाहालले बाबुराम भट्टराईको टोलीका
सामु यो पुष्टि गर्ने प्रयास गरे कि नेपाली कांग्रेसको अधिवेशनमा आर्थिक
चलखेल, घुसखोरी र धाँधली व्यापकरुपमा भएको छ । कांग्रेसको अधिवेशन स्वच्छ
भएन ।
हुनत नेपाली कांग्रेस त्यस्तो पार्टी हो,
जहाँ सभासद बनाउनका लागि आफ्नै पार्टीका कार्यकर्ताबाट घुस खाने प्रचलन छ ।
कांग्रेसमा त्यस्ता पनि नेताहरु पाइन्छन्, जसले मन्त्री बनेका बेला
सिंहदरबारमा कर्मचारी वा सर्वसाधारणसँग खुलेखाम घुस र कमिसन माग्ने गर्छन् ।
न्यायाधीशलाई घुस अफर गर्नेदेखि लिएर
तलदेखि माथिसम्म घुस संस्कृतिलाई वैधानिकता दिनमा नेपाली कांग्रेसको ठूलै
‘योगदान’ रहँदै आएको छ ।
एकजना कांग्रेस नेता एवं पूर्वमन्त्रीका
पूर्वपीएले अहिले पनि काठमाडौंको सडक बत्तीमा घुस र कमिसन मागेर हैरान
बनाइरहेको महानगरपालिकाका कर्मचारीको गुनासो सुन्न पाइन्छ ।
राज्य सञ्चालनमा यस्तो कुसंस्कारको जननी
मानिने नेपाली कांग्रेसको पार्टी अधिवेशनमै यसरी घुसखोरी र आर्थिक चलखेल
भएको विश्लेषक दाहालको मुखबाट सुन्दा डा. भट्टराई अचम्म मानिरहेका थिए ।
उनले यसबारे दाहाललाई खासै जवाफ पनि दिएनन् ।
अर्को प्रसंग, एमाले अखिलको
कांग्रेस महाधिवेशनको संघारमा एमाले निकट
अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलनको प्रहसन राजधानीमा चलिरहेको छ ।
प्रतिनिधिसम्बन्धी विषयमा धाँधली भएपछि लम्बिएको सम्मेलनमा मतगणना सकिन
बाँकी छ ।
महरका समर्थकहरुले हतियार नै देखाएर धम्की दिएको खानले रिपोर्ट गरेपछि उनलाई प्रहरी सुरक्षा प्रदान गरिएको थियो ।
आखिर आफ्नै संगठनको प्रतिपर्धीलाई त यो
तहसम्मको धम्की दिइन्छ भने साँच्चैको विपक्षीप्रति कस्तो व्यवहार गरिँदो
होला ? यो अर्को गम्भीर प्रश्न हो ।
देशमा गणतन्त्र आएको छ । हामीले समावेशी
लोकतन्त्रको कुरा गरेका छौं । अब हामीले मुलुकलाई राजनीतिक स्थायित्व र
आर्थिक सम्वृद्धितर्फ अघि बढाउने बताइरहेका छौं ।
तर, आफ्नै पार्टीभित्रै हुने आन्तरिक
लोकतन्त्रको अभ्यासमा यति साह्रो आर्थिक चलखेल र फौजदारी हरकतहरु हुने हो
भने यस्तो फोहोरी खेल खेल्नेहरुले देशमा कस्तो लोकतन्त्रको संस्कार विकास
गर्लान् ? प्रश्न सामान्य छैन ।