पौडेललाई समर्थन गर्न ४१ जिल्ला सभापतिहरुको अपील



ramchandra paudelकाठमाडौं । नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनमा ४१ जिल्ला सभापतिहरुले रामचन्द्र पौडेललाई समर्थन गर्न संयुक्त अपिल गरेका छन् ।सभापति पदमा आइतबार भएको निर्वाचनमा शेरबहादुर देउवाभन्दा पौडेलले ४ सय ४ मत कम ल्याएका थिए । आइतबार सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पौडेलले सोमबार बिहान होटल याक एण्ड यतीमा जिल्ला सभापतिहरुसँग एकल र संयुक्त छलफल गरेका थिए ।

छलफलपछि जिल्ला सभापतिहरुले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत संघर्ष गरेको, लोकतन्त्रको मूल्यमा कहिल्यै कसैसँग पनि कुनै प्रकारको सम्झौता नगरेको निष्ठाको राजनीति र समाजवादका एक अथक योद्धा रामचन्द्र पौडेललाई यस निर्वाचनमा जिताउन पार्टी, लोकतन्त्र, राष्ट्र एवम सिँगै राजनीतिक अग्रगमनका लागि जरुरी भएको छ ।’
यी हुन् पौडेल समर्थक जिल्ला सभापतिहरु
Poudel Supporter
f