बैंकको खुद व्याज अाम्दानी १७ करोड रूपैयाँले बढेपिछ खुद नाफा पनि बढेको हो । ०७१ चैत मसान्तमा ७१ करोड रूपैयाँ व्याज अाम्दानी गरेको बैंकले ०७२ चैत मसान्तमा ८९ करोड रूपैयाँ व्याज अाम्दानी गरेको छ ।
०७२ चैत मसान्तसम्ममा बैंकले ४३ अर्ब ७१ करोड रूपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ६८ करोड रूपैयाँ कजाै प्रबाह गरेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड रूपैयाँ रहेको छ भने रिजर्भ १ अर्ब ७७ करोड रहेको छ ।
लक्ष्मी बैंकको प्रतिकित्ता आम्दानी १९ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५८ रुपैंयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा एक दशमलब २८ प्रतिशत रहेको छ । बैंकले राइटब्याकबाट ५ करोड ७७ लाख प्राप्त गरेको छ ।