थाइल्यान्डमा नेपाली खेलाडीको सफलता, फेस्टिबल टेनिसमा दुईजनालाई पहिलो स्थान

इल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहाँ जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

अयोध्याय स्पोर्ट्स टेनिस फेस्टिबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् ।

थाइल्यान्ड, लाओस, नेपाल, म्यान्मा र ब्रुनाइका खेलाडी सहभागी रहेको प्रतियोगिताअन्तर्गत् ब्वाइज १० वर्षमुनिको स्पर्धामा आर्यन गिरी पहिलो भएका छन् । यस्तै, ब्वाइज १२ वर्षमुनिको खेलमा सम्यकभुषण बज्राचार्य पनि पहिलो भएका छन् ।

प्रशिक्षक सूर्यभूषण बज्राचार्यका अनुसार गल्र्स १२ वर्षमुनि सलोनी तामाङ दोस्रो तथा ब्वाइज १४ वर्षमुनि सम्यक र गल्र्स १० वर्षमुनि इसाश्री शाहले समान तेस्रो स्थानमा चित्त बुझाए ।

यसअघि, १४ वर्षमुनि संरक्षक भुषण र १६ वर्षमुनि सक्षम कार्कीका साथै गल्र्समा एनी माथेमा र इरा राउतले एसियालीस्तरमै महत्वपूर्ण सफलता पाइसकेका छन् ।