आइतबार लण्डनको गुन्नेस्बरी पार्कमा भएको
दक्षिण एसियाली कला र संस्कृति झल्काउने युरोपकै सबैभन्दा ठूलो मानिएको
लन्डन मेलामा नेपाली दूतावास नौमती बाजा र नेपाली नृत्यसहित नेपालको
पर्यटन प्रबर्द्धनमा जुटेको हो ।
प्रथम
नेपाली गुल्मेली नौमती बाजा यूकेका कलाकारहरुले बाजा बजाउदै नाचेपछि
नेपालको स्टलमा वरिपरिका धेरै दर्शकको ध्यान खिच्न सफल भएको थियो ।
गाेर्खा वेल्फेयर ट्रस्टले पनि आफ्नै स्टल राखेको थियो भने मेलामा रारा क्यटेर्सले मोमो सहितका नेपाली परिकारको स्टल राखेको थियो ।
कार्यक्रमको संयोजन गरिरहेका दुतावासका
थर्ड सेक्रेटरी सूर्यबहादुर थापाले बिदेशीहरुको नेपालप्रतिको चासो र
अकर्सनले आफु उत्साहित भएको प्रतिक्रिया दिए ।
आयोजक नटकेहटका कला निर्देशक अजय छाब्रा
ले मेलाबाट फाइदा गर्न नसके पनि अक्सफाम, गोर्खा वेलफेयर ट्रष्ट र युमी
च्यारिटी मार्फत नेपालमा भूकम्पपीडितहरुको लागि सहयोग संकलन भएको जानकारी
दिए ।
परिवारसहित मेला हेर्न पुगेका हाउन्स्लो
काउन्सिलका उपमेयर बिष्णु गुरुङले यति ठूलो मेलामा नेपालीको सहभागिता हुनु
सकारात्मक भएको बताए ।
मेलामा बलिउडका आधुनिक तथा
शास्त्रीयसंगीतसहित फेसन शो, खाना, बाल खेल प्रमुख आकर्षण थिए । साथै
बेलायतका भारतीय र पाकिस्तानी दर्सक माझ चर्चित बेनी दयाल, अर्जु , इमरान
खान, राघव, रमि, बीना पराशर लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति देखाएका
थिए ।