जहाँ मरेका बच्चालाई छातिमा टाँसेर आमाहरुले गर्छन् जिन्दगीभर हेरचाह (फोटोफिचर)


Death Baby
दुनियामा कतिपय संस्कार, संस्कृति, परम्परा तथा मूल्यमान्यताहरु अजिब हुन्छन् । पश्चिम अफ्रिकी देश बेनिनको एक आदिवासी समुदायमा पनि निकै अनौठो तथा सुन्दैमा निकै विरहलाग्दो परम्परा अद्यापि कायम छ ।

बेनिनका फोन आदिवासी समुदायमा मरेका छोराछोरीलाई आमाहरुले छातिमा टाँसेर जिन्दगीभर हेरचाह गर्दछन्, जीवित सन्तानलाई जस्तै ।
मरेका सन्तानलाई जीवनभर छातिमा टाँस्ने भनेपनि झसँग हुनुभयो हाला । तर बच्चाको लास नै त्यसरी वर्षौँसम्म स्याहार गर्ने होइन, बच्चाको नाउँको काठको मूर्ति बनाएर सोही काठे मूर्तिलाई आफ्नो मृत सन्तान ठानेर स्याहार सुसार गर्ने गर्दछन् । जतिवटा छोराछोरी मरे उतिवटा यस्ता काठे मूर्ति बनाएर राख्नुपर्ने रहेछ । तर जुम्ल्याहा सन्तान मरेभने मात्र यस्तो गर्नुपर्ने रहेछ, एउटा जन्मेको सन्तान मरेको खण्डमा भने त्यसोे गर्नुपर्ने रहेछन् ।
Death Baby4
आफ्नो जिवनभर ती बाउआमाले आफ्नो मूर्तिस्वरुपको मृत सन्तानलाई जिवितलार्य जस्तै पालनपोषण गर्नुपर्दछ । त्यसलाई नुहाइदिने, खाना खुवाइदिने, कपडा लगाइदिने, सुताइदिने तथा पढ्नका लागि स्कुल पठाइदिने काम पनि गर्नुपर्छ आमाहरुले ।
फोन आदिवासीहरु बुदु धर्म मान्दछन् । मरेका जुम्ल्याहा बच्चाको मूर्ति बनाएर बाउअमाले यसरी स्याहार नगर्ने हो भने उनीरु आत्माले शान्ति नपाउने विश्वास उनीहरुमा रहेको छ ।
स्मरण रहोस् जुम्ल्याहा बच्चा जन्माउनेमा यो आदिवासी निकै अगाडि छ । यहाँ जन्मिने हरेक २० मा एक बच्चा जुम्ल्याहा हुने गरेका छन् । सायद मातृ शिशु स्वास्थ्य तथा स्याहारको अवस्था कमजोर भएर होला नवजात शिशुको मृत्युदर निकै उच्च छ । दुख गरी जन्माएका जुम्ल्याहा सन्तानको भौतिक सरीर मरेर गएपनि आमाहरुलाई एक नयाँ झण्झट आइलाग्छ, त्यसको पुतली बनाएर जिवनभर सुसारे बन्नु ।
हेर्नुहोस् थप तस्वीर
Mother with Baby
Death Baby3
Death Baby2
Death Baby1
Building Baby
Babys4
Babys3
Babys1
Babys