चालिस सिटका लागि भएको परीक्षामा ५०३ जनाले सहभागी भएका थिए । तर, आवश्यक संख्या भन्दा कम परिक्षाथी पास भएका छन् ।
लोकसेवा आयोगद्वारा संचालित परिक्षामा
खुल्लातर्फ १९ जना पास भएका छन् । महिलातर्फ एक जना, आदिबासी/जनजातितर्फ
चार जना र पिछडिएको क्षेत्रतर्फ एक जना उत्तिर्ण भएका छन् । पास भएका सबै
परिक्षार्थी खुल्लातर्फ समेत उत्तिर्ण भएका छन् ।
खुल्लातर्फ २२, महिलातर्फ तीन,
आदीवासी/जनजातितर्फ ६, मधेसीतर्फ पााच, दलिततर्फ तीन र पिछडिएको
क्षेत्रतर्फ एक जनाका लागि आवेदन खुलेको थियो । जसमा महिलातर्फ २७ जना,
आदिवासी/जनजातीतर्फ ८७ जना, मधेसीतर्फ २५ जना, दलिततर्फ १५ जना र पिछडिएको
क्षेत्रतर्फ १७ जनाले दरखास्त हालेका थिए ।
लिखित परिक्षामा सफल उम्मेद्वारहरुको अन्तर्वार्ता आगामी असोज ३ गतेदेखि हुनेछ भने असोज ७ गते विशेष स्वास्थ्य परिक्षण गरिनेछ ।